दफा १४
अनियमित आर्थिक तथा वित्तीय कारोबार गर्न गराउन नहुने
बैंक वा वित्तीय संस्थालाई हानि नोक्सानी पु¥याउने उद्देश्यले कसैले पनि कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा नगर्न, कुनै किसिमको रकम लिन वा दिन, बिना मूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैर कानूनी लाभ वा हानि पु¥याउने बदनीयतले कुनै कार्य गर्न वा गराउन हुँदैन ।